Khabar Samachar

क्यानडामा छुरा प्रहार गरी १० जनाको हत्या

211
VIEWS

क्यानडाको सेन्ट्रल सास्काचेवान प्रान्तमा आइतबार १० जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आक्रमणकारीमध्ये मिल्स स्यान्डरसनलाई प्रहरीले पक्राउ गरेको हो भने आक्रमणको एक दिनपछि अर्का व्यक्तिको शव फेला परेको थियो।

प्रहरीका अनुसार मिल्सलाई बुधबार सास्काचेवान प्रान्तको रोस्टरनबाट स्थानीय समय अनुसार दिउँसो ३:३० बजे पक्राउ गरेको हो।

आइतबार विभिन्न १३ स्थानमा भएका आक्रमणमा १० जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए। घाइतेमध्ये १० जना अझै अस्पतालमा छन्। जसमध्ये तीन जनाको अवस्था चिन्ताजनक छ।

प्रहरीले मिल्सलाई पक्राउ गर्नुअघि एक सार्वजनिक सूचना जारी गर्दै मिल्स अझै फरार रहेकाले सचेत हुन आग्रह गरेको थियो।

मिल्सको गिरफ्तारीसँगै प्रहरीले अहिले कुनै खतरा नरहेको स्पष्ट पारेको छ।

प्रहरीका अनुसार आक्रमणमा संलग्न दुबै दाजुभाइ हुन्।

प्रहरीले दुवै दाजुभाइविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो। गिरफ्तार मिल्स स्यान्डरसनलाई हत्या र हत्या प्रयासको आरोप लगाइएको छ। मिल्सविरूद्ध वर्षौंदेखि कैयौं आपराधिक मुद्दा दर्ता भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित