Khabar Samachar

आजदेखि सर्वसाधारणले नयाँ नोट पाउने

210
VIEWS

आजदेखि सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाउने भएका छन्।

दशैँ तिरहाको लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण सुरु गरेको हो।

बिहीबारदेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिएको राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई पनि नयाँ नोट वितरण गरेको हो।

आज राष्ट्र बैंक कार्यालय बालुवाटारबाट नयाँ नोट वितरण सुरु गरेको हो।

अन्य स्थानबाट समेत नयाँ नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ। राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय अधिकतम वितरण गरेको हो। जसमा ५, १०, २०, ५०, १०० दरका नोट समावेश छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित