Skip to main content

Khabar Samachar

Search
Close this search box.

जापानका लागि उडेको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्कियो

214
VIEWS

काठमाडौंबाट जापानको नारिता उडेको विमान आधा घण्टामै काठमाडौंमै फर्किएको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज बुधबार राति ११ बजे नारिताका लागि उडेको थियो । तर, विमान आधा घण्टामै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै अवतरण भयो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो । त्यसपछि जहाज काठमाडौं डाइभर्ट गरेर यात्रुलाई ओरालिएको हो ।

प्राविधिक जाँचपछि यो जहाज आजै नारिता उडेको छ । बुधबार काठमाडौंबाट १८४ जना यात्रु नारिता उडेका थिए।

कार्गो समान राख्ने ठाउँबाट धुवा आएपछि १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाज काठमाडौं फर्किएको हो । गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाजमा समस्या आएको हो । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित