Khabar Samachar

फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगर

200
VIEWS

काठमाडौं महानगरपालिकाविरूद्ध फुटपाथ व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आज बिहान महानगरपालिकाको कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका हुन्।यसअघि संघले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई आफ्ना ३ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो । आफ्ना मागहरु १० दिनभित्र पूरा नगरिए आन्दोलनमा उत्रिने चेतावनी र त्यसबाट हुने क्षतिको जिम्मेवार स्वयं राज्य हुनुपर्ने चेतावनी महासंघले दिएको थियो। तर १० दिन बितिसक्दा पनि माग पूरा नगरेपछि आज फुटपाथ व्यवसायी र साना व्यवसायी महानगरअगाडि धर्ना दिएका हुन् ।

संघले स्थानीय सरकार सबैको अभिभावक भएकाले सबै नागरिक सरकारको सहयोगी हुनुपर्ने बताएको छ ।

तर अभिभावक आतंककारी, अपहरणकारी र लुटेरा जस्तो भएको भन्दै हरेक समस्या निवारणका लागि समाधानका उपायहरु पनि विकल्पका रुपमा अघि सार्नुपर्ने भन्दै महानगरलाई ध्यानाकर्षण गराएको छ ।

साना व्यवसायीहरुले सरकारको सहयोगी बन्न ईच्छुक रहेको बताउँदै सहकार्यका लागि आह्वान गरेको छ । यस विषयमा महानगरपालिकाले गम्भिरता नदेखाएमा यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयं महानगरपालिका हुने भन्दै चेतावनी समेत दिएका छन् ।

उनीहरुले महानगर भित्र रहेका सबै वडाहरुमा नागरिक बजार संचालन गरि सस्तोमा नागरिकले सामान पाउने व्यवस्था गर्न, त्यसका लागि स्वरोजगार श्रमिकहरुलाई टहराको व्यवस्था गरी व्यवसाय गर्ने वातावरण तत्काल बनाउन आग्रह गरेको छ ।

सन्ध्याकालिन बजारको व्यवस्था, नेपालीहरुको महान चाड पर्वहरु दशै, तिहार, छट सम्मको लागि अल्पकालिन रुपमा विहान वेलुकीको निश्चित समय निर्धारण गरी यथा स्थानमा व्यपार ब्यवसाय गर्ने बातावरण तयार गर्न, जफत् गरिएका सामानहरु फिर्ता गर्न माग गरेको छ ।

सडकपेटी तथा गल्लीहरुमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको भन्दै महानगरविरुद्ध आन्दोलित भएका हुन्।

यस्तै सत्ताको केन्द्र भागमा रहेको काठमाडौं महानगरपालिकाले यस विषयमा हालसम्म पनि तदारुकता नदेखाएको भन्दै महानगरपालिकामा तत्काल श्रम डेस्कको स्थापना गरि स्वरोजगार श्रमिकहरुको आवश्यक सूचिकरण लगायतका श्रम व्यवस्थापनसँग सम्बन्धित कामको थालनी गर्न माग गरेका छन् ।

तत्काल उत्पन्न समस्या समाधान र दिर्घकालिन संकटहरुको व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघसहित सरोकारवालाहरु सम्मिलित उपत्यकामा सञ्चालन गरिने नागरिक बजार तथा स्वरोजगार श्रमिकको समस्या समाधानका लागि सर्व पक्षिय कार्यदल तत्काल गठन गरी आवश्यक कामको थालनी गर्न माग गरेको उपाध्यक्ष सनत ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित