Khabar Samachar

भोलिदेखि एमडिएमएस लागू हुने, अवैध रूपमा मोबाइल भित्र्याए के हुन्छ?

212
VIEWS

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को सफ्ट लञ्च गर्ने भएको छ। प्राधिकरणले बिहीबार (भदौ ३० गते) सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सञ्चार सचिव वैकुण्ठ अर्याल, भन्सार विभागका महानिर्देशक, अर्थ मन्त्रालय प्रतिनिधि लगायतको उपस्थितिमा एमडिएमएस सार्वजनिक गर्ने भएको हो।

प्राधिकरणले नेपालमा अनधिकृत रूपमा वा गैरकानुनी रूपमा मोबाइल फोनहरू आयात हुने समस्यालाई नियन्त्रण गर्न एमडिएमएस लागू गर्न लागेको हो। उक्त प्रणाली लागू भएपछि वैध रूपमा आयातित मोबाइल फोनहरूको मात्रै चल्छ।

‘आजसम्म नेपालमा विविध तरिकाले भित्रिएका सबै फोनलाई हामीले ह्वाइट लिस्टमा राखिसकेका छौं। तर एमडिएमएस लागू भएपछि अवैध रूपमा भित्रिने फोनहरूलाई हामीले ब्लक नै गर्ने योजना छ,’ प्राधिकरणका एक अधिकारीले जानकारी दिए।

उनका अनुसार प्राधिकरणले त्यसरी अवैध रूपमा भित्रिएका फोनहरूलाई रजिस्टर गर्न एसएमएसमार्फत १५ दिनको समय दिनेछ। १५ दिन भित्र रजिस्टर नभएको खण्डमा भने त्यस्ता फोनलाई ब्लक गरिनेछ।

एमडिएमएस लागू भएसँगै सरकारको राजस्व वृद्धिमा मद्दत पुग्नेछ। किनभने, हाल अवैध रूपमा भित्र्याइएको फोनहरूको भन्सार शुल्क बुझाइएको हुँदैन। त्यस्तै अपराध नियन्त्रणमा समेत यसले मद्दत पुर्‍याउने प्राधिकरणको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित