Khabar Samachar

कान्तिपुर क्याम्पस फुटसल टुर्नामेन्ट -२०७९

203
VIEWS
काठमाडौँको उत्तर पूर्वी क्षेत्रको पहिलो सामुदायिक क्याम्पस कान्तिपुर क्याम्पसले यस क्षेत्रमा रहेका क्याम्पस तथा कलेजसँग शिक्षा सँगसँगै खेलकूदलाई पनि सहकार्य गरि अगाडि बढाउने लक्ष्य सँगै आयोजना गरिएको  कान्तिपुर क्याम्पस फुटसल टुर्नामेन्ट -२०७९ सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । उक्त टुर्नामेन्टमा आयोजक क्याम्पसको दुई टिमसँगै अन्य दश वटा कलेजको सहभागिता रहेको थियो । उक्त फुटसल टुर्नामेन्ट थली फुटसलमा सम्पन्न भएको थियो  । यस फुटसललाई डियोच एन डोरिज् तथा नेप वज एज्युकेशन एण्ड भिसा सर्भिसेसले प्रायोजन गरेको थियो।
कान्तिपुर क्याम्पस फुटसल टुर्नामेन्ट -२०७९ को फाइनल खेल जया मल्टिपल क्याम्पस, माकलबारी र हिन्दू विद्यापीठ नेपाल, थली बीच भएको खेलमा जया मल्टिपल क्याम्पस ४-१ ले विजयी भयो। त्यस्तै गरि तेस्रो स्थानको लागि भएको खेलमा न्युटन कलेज र कान्तिपुर क्याम्पस बिच भएको प्रतिस्पर्धात्म खेल ट्राईबेकरमा न्युटन कलेजले ३-१ले विजयी भयो।
कान्तिपुर क्याम्पस फुटसल टुर्नामेन्ट -२०७९को पुरस्कार वितरण समारोह कान्तिपुर क्याम्पस प्राङ्गणमा सम्पन्न भएको थियो  । उक्त पुरस्कार वितरण समारोह कार्यक्रमको सभापतित्व कान्तिपुर क्याम्पसका प्राज्ञिक निर्देशक सुवास आचार्यले गर्नुभएको थियो । उक्त पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथिको रूपमा शिक्षाविद् , संविधान सभा सदस्य तथा कान्तिपुर क्याम्पसका संस्थापक उपाध्यक्ष दिपक प्रसाद कुईकेल रहनुभएको थियो भने अन्य अतिथिहरूमा कान्तिपुर क्याम्पसका निर्देशक रविकुमार शिलवाल, क्याम्पसका प्रसाशन प्रमुख आनन्द घिमिरे, स्वास्थ्य चौकी प्रतिनिधि गीता  सुर्खेती, समाजसेवी दयाराम मानन्धर  लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
पुरस्कार वितरण कार्यक्रममा संबोधन गर्दै प्रमुख अतिथि संविधान सभा सदस्य दिपक प्रसाद कुईकेलले शिक्षामा क्षेत्रमा खेलकूदको महत्त्व दर्साउँदै प्रथम,  द्वितीय , तृतीय स्थान हासिल गर्ने टिमलाई मेडल,  प्रमाण पत्र,  ट्रफी र नगद पुरस्कारले सम्मान गर्नुभएको थियो । प्रथम हुने जया मल्टिपल क्याम्पसले मेडल, प्रमाण पत्र, ट्रफी र नगद रू दश हजार, द्वितीय हुने हिन्दु विद्यापीठ नेपालले मेडल, प्रमाण पत्र, ट्रफी र नगद रू सात हजार  र तृतीय हुने न्युटन कलेजले मेडल, प्रमाण पत्र, ट्रफी र नगद रू पाँच हजार प्राप्त गर्यो । साथै टुर्नामेन्टको बेष्ट गोल किपर रूपमा कान्तिपुर क्याम्पसका असु फुयाल, टप स्कोररका रूपमा जया मल्टिपल क्याम्पसका मनिस गुरुङ (चार खेलमा १२ गोल) र बेष्ट प्लेयरका रूपमा हिन्दू विद्यापीठ नेपालका दिपेन्द्र थापा  सम्मानित भएका थिए । पुरस्कार वितरण कार्यक्रममा सहभागी कलेज, टिम व्यवस्थापक, कोच तथा अतिथिलाई मायाको चिनो प्रदान गरिएको छ ।
उक्त पुरस्कार वितरण कार्यक्रमको सञ्चालन कान्तिपुर क्याम्पसका खेलकूद संयोजक गोपाल श्रेष्ठले गर्नुभएको थियो भने पुरस्कार वितरण समारोहको समापन कार्यक्रमका सभापति प्राज्ञिक निर्देशक सुवास आचार्यले क्याम्पसले गुणस्तरीय शिक्षा सँगै खेलकूदलाई पनि अगाडी बढाउने उद्देश्यले उक्त फुटसल टुर्नामेन्ट आयोजना गरेको बताउँदै आगामी भविष्यमा पनि यसलाई निरन्तरता दिने बताउनुभएको छ। उहाँले यस फुटसल टुर्नामेन्टलाई सफलता पुर्ण रूपमा  सम्पन्न गर्न  सहयोग पुर्याउने सबैलाई धन्यबाद दिंदै आउँदै गरेको नेपालीहरूको महान चाड दशैं तथा दिपावलीको शुभकामनासँगै पुरस्कार वितरण समारोह कार्यक्रमको समापन भएको घोषणा गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित