Khabar Samachar

Search
Close this search box.

साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई, बंगलादेशसँग नेपाल ३–१ ले पराजित

204
VIEWS

 

घरेलु टोली नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि बगंलादेशले उचालेको छ।आज भएको प्रतिस्पर्धात्मक फाइनलमा बंगलादेशले नेपाललाई ३-१ को गोल अन्तरले हराउँदै उपाधिमा कब्जा जमायो ।

सुरुदेखि रोमाञ्चक बनेको खेलमा नेपालले गोलका थुप्रै सुन्दर अवसरहरु सिर्जना गरे पनि फिनिसिङमा चुक्यो । नेपाली खेलाडीहरु मैदानमा निकै अठोटका साथ भिडेका थिए । तर, भाग्यले पनि नेपाललाई साथ दिएन । एकपटक गोललाइनमै पुगेको बल पनि गोलमा परिणत भएन ।

खेलको १३ औं मिनेटमा बंगलादेशले अग्रता लिएको थियो । बंगलादेशकी सामसुननहरले निकै आकर्षक गोल गर्दै नेपाली समर्थकलाई स्तब्ध पारिन् । यस्तै खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले दोस्रो गोल गरिन् ।

नेपालका लागि अनिता बस्नेतले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले उत्तरार्द्धमा एक गोल गरेपछि नेपाल खेलमा फर्किएको थियो । तर, बंगलादेशकी श्रीमोतीले दोस्रो व्यक्तिगत गोल गर्दै नेपाली समर्थकको आशामा पानी खन्याइदिइन् ।

खेलको पहिलो आफ प्रतिस्पर्धात्मक थियो भने दोस्रो हाफमा नेपालले बंगलादेशलाई निरन्तर दबाबमा राखेको थियो । तर, बंगलादेशको रक्षपंक्ति र गोलरक्षकको बलियो पर्खाल नेपालले तोड्न सकेन ।

नेपालले मध्यान्तरपछि आफ्नो गोलमेसिन सावित्रा भण्डारीलाई मैदानमा पठाएको थियो । तर, उनले पनि आज कुनै चमत्कार गर्न सकिनन् । उनले केही मौका पाए पनि त्यसको सदुपयोग गर्न चुकिन् । बंगलादेशको जीतसँगै साफ च्याम्पियनसीपले नयाँ विजेता पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित