Khabar Samachar

Search
Close this search box.

भद्रपुरका पूर्व मेयर भारतेन्दु मल्लिक कांग्रेस छाडेर राप्रपामा प्रवेश

206
VIEWS

 

कांग्रेस महासमिति सदस्यसमेत रहेका भद्रपुर नगरपालिका पूर्व मेयर भारतेन्दु मल्लिकलाई बुधबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धुलाबारीमा आयोजित एमालेसँगको संयुक्त कार्यकर्ता भेलामा स्वागत गरे।

वि.सं. २०४९, र २०५४ को स्थानीय निर्वाचनमा भद्रपुर नगरपालिकाको मेयर बनेका मल्लिक त्यस क्षेत्रमा राम्रो जनाधार भएका नेता मानिन्छन्।

राजनीतिसँगै मल्लिकले बि.सं. २०६६ मा दूग्ध विकास संस्थानको अध्यक्षको जिम्मेवारी पनि पाएका थिए।

उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सूचीमा मधेसीतर्फ उम्मेदवारसमेत थिए।

 

यसअघि कांग्रेसको चौधौँ महाधिवेशनमा केन्द्रीय सदस्यका प्रत्यासीसमेत रहेका उनी हाल कांग्रेस महासमिति सदस्यको भूमिकामा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित