Khabar Samachar

रुसको चेतावनी– अन्तरिक्षको व्यावसायिक स्याटेलाइट अबको निशाना बन्न सक्छ

213
VIEWS

 

रुसले अमेरिका र उसका सहयोगी मुलुकको व्यावसायिक स्याटेलाइट युक्रेनको युद्धमा सहयोगी पाइएको खण्डमा त्यसमाथि आक्रमण हुन सक्ने चेतावनी दिएको छ।

 

रुसले सन् १९५७ मा अन्तरिक्षमा पहिलो मानव निर्मित स्याटेलाइट स्पुतनिक १ पठाएको थियो। त्यसपछि सन् १९६१ मा बाहिरी अन्तरिक्षमा जाने पहिलो व्यक्ति पनि रुसकै नागरिक थिए। अन्तरिक्षको मामिलामा रुस अमेरिका र चीनजस्तै बलियो छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सन् २०२१ मा रुसले आफ्नो एक स्याटेलाइटलाई नष्ट गर्न एक एन्टी स्याटेलाइट मिसाइल प्रहार गरेको थियो।

रुसी विदेश मन्त्रालयका एक शीर्ष अधिकारीले पश्चिमा मुलुकले आफ्नो प्रभुत्व स्थापित गर्न अन्तरिक्षको प्रयोग गरिरहेको बताएका छन्। उनले स्याटेलाइटको माध्यमबाट युक्रेनको सहयोग गर्नु निकै खतरनाक ट्रेन्ड रहेको बताएका छन्।

रुसले अहिलेसम्म कुनै पनि सेवाको नाम नलिए पनि इलोन मस्कको स्टारलिंक कम्पनीले स्याटेलाइटको माध्यमबाट युक्रेनमा इन्टरनेट सेवा दिँदै आएको छ। यो मस्कले युक्रेनमा दिँदै आएको इन्टरनेट सेवा जारी राख्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित