Khabar Samachar

विदेशबाट ल्याएका मोबाइल कसरी दर्ता गर्ने ? जान्नुहोस्

221
VIEWS

नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो साउन १ गते शुक्रवारदेखि अवैध मोबाइल बन्द गर्ने भएको छ । कर नतिरी सस्तोमा मोबाइल पाउँदैमा किन्नुभयो अथवा कतै भेट्टाएर आफैँ प्रयोग गर्न थाल्नुभयो भने त्यो मोबाइल बन्द हुने सम्भावना रहन्छ । विदेशबाट उपहारस्वरुप आएका मोबाइल भने नेपालमा दर्ता गर्नुपर्ने हुन्छ । प्राधिकरणले तत्कालका लागि अनलाइनबाटै दर्ता गर्न सक्ने सुविधा दिएको छ । nta.gov.np मा गएर आफूले प्रयोग गरिरहेको सेट दर्ता गर्न सकिन्छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले अहिले चलिरहेको मोबाइल फोनलाई निर्बाध चल्न दिने गरी काम भइरहेको जानकारी दिनुभयो । कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट आएको अर्थात किनेको मोबाइल नचलाउन उहाँले आग्रह गर्नुभएको छ । पौडेलका अनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अर्थात एमडीएमएस अन्तर्गत हरेक मोबाइल कर्ताले आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ । यस्तो नम्बर हरेक मोबाइलमा छुट्टाछुट्टै हुन्छ । यस्तो दर्ता धेरैको पहिले नै भइसकेको हुन्छ । आफ्नो दर्ता छ की छैन भनेर थाहा पाउनका लागि पहिला आफ्नो आईएमईआई नम्बर कति हो भनेर थाहा पाउनुपर्छ ।

‘मोबाइल किन्दा मोबाइलको कभरमा नम्बर लेखिएको हुन्छ । यदि मोबाइलको कभर छैन भने मोबाइलमा *#06# बाट थाहा पाउन सकिन्छ । नेपाल दुरसञ्चार प्राधिकरणको वेबसाइटको आईएमईआई रजिष्ट्रेसन भन्ने ठाउँमा गएर मोबाइलमा देखिएको नम्बर इन्ट्री गर्नुपर्छ । त्यहाँबाट आफ्नो मोबाइल दर्ता भए वा नभएकोबारे हेर्न सकिन्छ । यदि दर्ता गरिएको छैन भने दर्ता गर्नु अनिवार्य हुन्छ’ उहाँले भन्नुभयो ।

नेपालमा अवैध रुपमा मोबाइल आयात हुने क्रम बढेपछि त्यसलाई रोक्नका लागि प्राधिकरणले नयाँ नीति ल्याएको हो । यस्तै गुणस्तरयुक्त मोबाइल नेपाल भित्रियोस् र हराएको मोबाइल खोजी गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पनि नयाँ नीति ल्याइएको प्राधिकरणले जनाएको छ ।सिस्टममा समस्या आएर दर्ता गर्न पाइएन भनेर धेरैको गुनासो आएकाले प्राधिकरणले अहिले सञ्चालनमा आएका मोबाइल दर्ता नभए पनि तत्कालको लागि कुनै समस्या हुँदैन भनेर जानकारी गराइसकेको छ । यो सिस्टम राख्नका लागि नयाँ सफ्टवेयरहरु राख्ने काम भइरहेको पौडेलले जानकारी दिनुभयो । असार मसान्तसम्म सिस्टम तयार पारेर त्यसपछि दर्ताका लागि निश्चित समय दिने उहाँले बताउनुभयो ।

‘विदेशबाट उपहारमा ल्याइएका मोबाइल पनि दर्ता गर्नुपर्छ’धेरै नेपालीहरु काम र जागिरको सिलसिलामा विदेशमा छन् । विदेशमा रहेका नेपालीले उपहारस्वरूप नेपालमा मोबाइल ल्याउने चलन बढ्दो छ । सीमा क्षेत्रको भारतीय बजारबाट समेत सहजै मोबाइल खरिद गरेर ल्याउने गरिन्छ। त्यसरी उपहारस्वरूप प्राप्त मोबाइल र भारतबाट खरिद गरी ल्याइएका मोबाइल नेपालमा दर्ता भने गर्नुपर्छ ।विदेशबाट एक व्यक्तिले आफूले प्रयोग गरेकोबाहेक थप एउटा मात्र मोबाइल भन्सार नतिरी ल्याउन सक्ने सुविधा रहेकाले त्यसभन्दा बढी मोबाइल साथमा ल्याएमा भने भन्सार तिर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तै भारतीय सीमा क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा मोबाइल खरिद बिक्री हुने भएकाले त्यस्तो अवस्थामा पनि भन्सारकै कानुन लागू हुने पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित