Khabar Samachar

प्रदीप पौडेलले सञ्चालन गरे गुनासो सुन्न हटलाइन

204
VIEWS

नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले हटलाइन नम्बर सार्वजनिक गरेका छन् । पौडेलले काठमाडौं ५ का मतदाताका समस्या र सुझाव संकलनका लागि हटलाइन नम्बर ९८०२९८०२ सार्वजनिक गरेका हुन् ।

‘चुनावी घरदैलोमा प्रत्येक मतदाताकहाँ जानेक्रममा कतै सम्पूर्ण सदस्य कामकाजमा व्यस्त भएकाले निवासमा भेटिनुभएन भने कतै परिवारका पुरा सदस्यलाई भेट्न पाइएन,’ प्रदीपले भने, ‘जसलाई मैले चाहेर पनि भेट्न सकिन उहाँहरुले फोनबाटै सल्लाह सुझाव दिनुहुनेछ भनेर मैले हटलाइन नम्बर सार्वजनिक गरेको हुँ । तपाईंहरुको सुझाव काठमाडौं ५ का निमित्त मार्गनिर्देशन बन्नेछ । त्यही सुझावलाई नै आत्मसाथ गर्दै अघि बढ्नेछु ।’

त्यसैले सार्वजनिक नम्बरमा पौडेलसहित काठमाडौं ५ को प्रदेश सभातर्फका उम्मेदवारलाई मतदाताले आफ्नो क्षेत्रको समस्या र सुझाव रेकड गर्न सक्छन् । काठमाडौं ५ को प्रदेश सभा ‘क’मा कांग्रेसका भैरव सापकोटा र प्रदेश ‘ख’ मा श्यामबहादुर खड्का चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित