Khabar Samachar

Search
Close this search box.

श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलके क्रिकेटका सबै प्रकारबाट निलम्बित

209
VIEWS

श्रीलंका क्रिकेट बोर्डले दनुष्का गुणातिलकेलाई तत्काल प्रभावबाट आउने गरी सबै प्रकारका क्रिकेटबाट निलम्बन गर्ने निर्णय गरेको छ ।​ अष्ट्रेलियाको सिड्नीमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा दानुष्का गुणातिलके पक्राउ परेका छन् ।

समितिले यी आरोपपछि उनको नाम क्रिकेटको कुनै पनि फर्म्याटमा छनोटका लागि विचार नगर्ने जनाएको छ । बोर्डले उक्त कथित अपराधको तत्काल छानबिन गर्न आवश्यक कदम चाल्ने र बोर्डको अदालतको निर्णयमा खेलाडी दोषी पाइएमा कारबाहीका लागि कदम चाल्ने जनाएको छ ।

श्रीलंका क्रिकेट बोर्डले यस्तो आचरणको लागि ‘शून्य सहनशीलता’ नीति अपनाउने र घटनाको निष्पक्ष छानबिन गर्न अष्ट्रेलियाली कानुन प्रवर्तन अधिकारीलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित