Khabar Samachar

एनआरएनको संसोधित विधान परराष्ट्र मन्त्रालयमा दर्ता

202
VIEWS

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेले आह्वान गरी हालै सम्पन्न भएको दशौं महाधिवेशनबाट पारित बिधान परराष्ट्र मन्त्रालयमा दर्ता गरिएको छ ।

आइतबार नवनिर्वाचित अध्यक्ष बिनोद कुवँर सहितका पदाधिकारी मन्त्रालय पुगेर दशौं महाधिवेशनबाट पारित बिधान स्वीकृतिका लागि दर्ता गरेका हुन् ।‘महाविधेशन हलले वृहत्तर छलफल गरी संस्थाको हितका लागि विधानका प्रावधानहरु संसोधन गरेका थियौं’ अध्यक्ष कुवँरले भने– संसोधित विधानको कपी र तीन महलेसमेत मन्त्रालयमा स्वीकृतिका लागि दर्ता गरेका छौं ।’

प्रमुख संरक्षक घलेको आह्वान यही मार्च २२ देखि २४ तारिखमा काठमाण्डौको याक एण्ड यति होटलमा संघको दशौं महाधिवेशन सम्पन्न भएको थियो ।आइतबार विधान संशोधनमार्फत तीन जना अध्यक्ष हुने गरी भागवण्डालाई सहज बनाइएको हो । संघभित्रका तीन समूहको व्यवस्थापन हुने गरी पदाधिकारीको संख्या पनि बढाइएको छ ।संसोधित विधान अनुसार अध्यक्ष ३, उपाध्यक्ष ११,महासचिव २,उप महासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको छ । त्यस्तै कोषाध्यक्ष ३, सह-कोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष-३, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको छ ।

संसोधित विधान अनुसार महिला संयोजक २,युवा संयोजक २,क्षेत्रीय संयोजक २,क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ को व्यवस्था गरिएको छ ।क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना, क्षेत्रीय युवा संयोजक २,क्षेत्रीय महिला उप संयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना हुने व्यवस्था गरिएको छ ।

संसोधित विधान अनुसार एनआरएनको पदाधिकारी संख्या नै ९५ जनाको हुनेछ ।

संघ भित्र दुई समूहको विवाद बढ्दै गएपछि विधान संसोधन गरेर पदाधिकारी संख्या बढाएर समाधान निकाल्ने गर्ने प्रयास गरिएको छ ।

विधानले अध्यक्षका आकांक्षी रहेका कूल आचार्य,बद्री केसी र रविना थापालाई एकैपटक अध्यक्ष हुने बाटो खुलेको छ ।

यसअघि, पूर्व अध्यक्ष शेष घलेको अगुवाइमा भएको संघको विश्व सम्मेलनबाट अध्यक्षमा विनोद कुँवर चयन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित