Khabar Samachar

तिब्बतको हिमनदीमा भेटियो १५ हजार वर्ष पुरानो भाइरस

227
VIEWS

वैज्ञानिकहरूले तिब्बती प्लेटोस्थित हिमनदीबाट ल्याइएको हिउँको नमुना अध्ययन गर्दा यसअघि पहिचान नभएका भाइरसहरु पत्ता लागेको छ । यस क्रममा १५ हजार वर्षसम्म पुराना भाइरसहरू पत्ता लागेका हुन् ।

गुलिया आइस क्यापको शिखरबाट खनेर ओहायो विश्वविद्यालयका वैज्ञानिक तथा माइक्रोबायोलोजिस्टले २०१५ मा दुईवटा हिउँको ढिक्का झिकेका थिए, यो स्थान समुद्री सतहबाट २२ हजार फिट माथि छ । यसपछि अध्ययन टोलीले विश्लेषण गर्दा ३३ वटा भाइरस भेटिए, त्यसमध्ये कम्तिमा २८ वटा भाइरसहरू नयाँ थिए । चिसोका कारण यी भाइरसहरू बाँच्न सफल भएका थिए ।

सम्भवत यो भाइरस माटो वा बिरुवाबाट उत्पन्न भएको हुनसक्छ । मानिस वा जनावरबाट यो भाइरस निस्किने सम्भावनालाई अध्ययनले निकै कम मानेको छ । अध्ययनकर्ताहरूका अनुसार यी भाइरसहरू मानिसका लागि हानिकारक पनि छैनन् ।

हिमनदीमा रहेका यी भाइरसहरूबारे तुलनात्मक रूपमा धेरै कम थाहा छ । तर, जलवायु परिवर्तनका कारण हिउँ पग्लिरहेका बेला यो खोजीलाई निकै महत्त्वका साथ हेरिएको छ । ‘यसले सर्वसाधारणलाई ध्यानाकर्षण गराएको छ,’ अध्ययनमा संलग्न ओहायो विश्वविद्यालयका अर्थ साइन्सेज प्रोफेसर लोन्नी थम्पसनले भने । कोभिड १९ महामारीले माइक्रोबियल समुदायबारे अध्ययन गर्नुको महत्त्वबारे जागरण सिर्जना गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित