Skip to main content

Khabar Samachar

Search
Close this search box.

विश्वकपः अस्ट्रेलियाको पहिलो जित

213
VIEWS

ट्युनिसियालाई १–० गोलको नतिजामा पराजित गर्दै अस्ट्रेलियाले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डी’ मा पहिलो जित निकालेको छ ।

अल जानोब रंगाशालामा सम्पन्न खेलमा अस्ट्रेलियालाई जित दिलाउन मिचेल ड्युकले निर्णायक गोल गरे ।
खेलको २३औं मिनेटमा ड्युकले गोल गर्दे अस्ट्रेलियालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमै लिएको अग्रतालाई खेलको अन्तिम समयसम्म कायम राख्दै उत्कृष्ट जित दर्ता गरेको हो ।

पहिलो खेलमा फ्रान्सससँग ४–१ गोलकोे नतिजामा पराजित भएको अस्ट्रेलियालाई नकआउट चरणमा स्थान बनाउने सम्भावना बचाई राख्न आजको खेल जित्नै पर्ने दवाव थियो ।
जितसँगै अस्ट्रेलिया तालिकाको दोस्रो उक्लिएको छ ।

समूह ‘डी’ अन्तर्गत आजै हुने दोस्रो खेलमा ९ः४५ बजे फ्रान्स र डेनमार्क भिड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित