Skip to main content

Khabar Samachar

Search
Close this search box.

सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष

203
VIEWS

नेपाली कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् ।

बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले भने सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा आधारित भएकोले गठबन्ध टुटेको निष्कर्ष निकालिएको बताए ।

‘जुन खालको घटनाक्रम भयो त्यो दु:खद र अपरिपक्क, स्वार्थमा केन्द्रित र सत्ता लिप्सामा आधारित देखियो,’ उनले थपे, ‘त्यसले पार्टीलाई नैराश्यता जन्माएको छ ।’

गठबन्धन टुटे पनि पार्टी सत्ता बाहिरै बसेर शक्तिको सही ढंगले परिचालन गर्ने निष्कर्षमा पुगेको नेता केसीले बताए ।

बैठकले संस्थापन पक्षले कुनै पनि छलफल र बैठकमा पार्टीका पदाधिकारीहरूलाई समेत सहभागी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित