Khabar Samachar

सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष

203
VIEWS

नेपाली कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् ।

बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले भने सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा आधारित भएकोले गठबन्ध टुटेको निष्कर्ष निकालिएको बताए ।

‘जुन खालको घटनाक्रम भयो त्यो दु:खद र अपरिपक्क, स्वार्थमा केन्द्रित र सत्ता लिप्सामा आधारित देखियो,’ उनले थपे, ‘त्यसले पार्टीलाई नैराश्यता जन्माएको छ ।’

गठबन्धन टुटे पनि पार्टी सत्ता बाहिरै बसेर शक्तिको सही ढंगले परिचालन गर्ने निष्कर्षमा पुगेको नेता केसीले बताए ।

बैठकले संस्थापन पक्षले कुनै पनि छलफल र बैठकमा पार्टीका पदाधिकारीहरूलाई समेत सहभागी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित