Khabar Samachar

मधेसका मुख्यमन्त्रीसहित थप तीन मन्त्रीले लिए शपथ

205
VIEWS

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका छन् ।मुख्यमन्त्रीसँगै आज तीन मन्त्रीले पनि शपथ लिएका छन् ।

नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले पनि शपथ लिएका छन् । तीनैजनालाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।

शपथग्रहण समारोहमा जसपा अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय संसदीय दलका नेता रामसहाय प्रसाद यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित