Khabar Samachar

Search
Close this search box.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाल पक्राउ

204
VIEWS

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।

उनले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास बनाइदिन भन्दै प्रतिमहिना १० हजार लिने गरेको पाइएको अख्तियारको दाबी छ । कात्तिक २०७८ देखि हालसम्म १५ मनिनाको एक मुष्ठ १ लाख ५० हजार घुस लिइसकेका अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ ।

स्रोतका अनुसार अख्तियारले घुस दिने रकमको नोटका नम्बरहरु पहिल्यै नोट गरेको थियो । तर आयोगका कर्मचारीहरु पुग्दा उनको साथमा त्यो रकम नभेटिएको घटनास्थलमा खटिएका एक अधिकृतले बताए ।

बरु कार्यकक्षमा रहेको दराजमा स्रोत नखुलेको ८ लाख रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ । चुडालले त्यो रकमको स्रोत खुलाएका छैनन् ।

घुसवापत लिएको रकम उनले कहाँ राखे भन्ने विषयमा पनि खोजी भइरहेको स्रोतले जनाएको छ ।

चुडाल यसअघि नागरिक उड्डयन कार्यालय, चन्द्रगढी झापाबाट सरुवा भएर काठमाडौं आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित