Skip to main content

Khabar Samachar

Search
Close this search box.

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज थप सुनुवाइ हुँदै

203
VIEWS

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको हो ।

गत बुधबार रिट निवेदक र प्रतिवादी सरकारको पक्षबाट बहसपछि यो मुद्दा हेर्दा हेर्दैमा छाडिएको थियो।

माघ ११ गते गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो। अब आज थप बहस हुनेछ।

गृहमन्त्री लामिछाने नेपाली नागरिक हुन् कि होइनन्? यो प्रश्नको जवाफ सम्भवतः सर्वोच्च अदालतले शुक्रबार दिने छ। शुक्रबार फैसला नआए पनि फैसला आउने मिति भने संवैधानिक इजलासले तोक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित