नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (NEFOSTA), बबरमहल, काठमाडौंको आयोजना जिल्ला सुनसरी, धरान उपमहानगरपालिका स्थित केन्द्रीय प्रबिधि क्याम्पसमा खाद्य वैज्ञानिक र खाद्य प्राबिधिक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (NEFOSTA)का अध्यक्ष डा. अतुल उपाध्याय ज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय प्रबिधि क्याम्पसका प्रोफेसर बसन्त कुमार राई, विशेष अतिथिहरुमा मा केन्द्रीय प्रबिधि क्याम्पसका सह-प्राध्यापक बबिता अधिकारी, नारायणी च्याप्टरका अध्यक्ष तथा बरिस्ठ खाद्य अनुसन्धान अधिकृत बिजय खनाल र राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, नार्कका कार्यालय प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा. रोमन कार्की रहनुभएको थियो । कार्यक्रमको संचालन खाद्य प्राविधिक डा. आलोक श्रेष्ठ (केन्द्रीय सदस्य)ले गर्नुभएको थियो।कार्यक्रममा पहिलो कार्यपत्र NEFOSTAका अध्यक्ष डा. अतुल उपाध्यायले गर्नु भएको थियो जहाँ उहाँले नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (NEFOSTA) इतिहास, वर्तमान तथा भविष्यका योजनाको जानकारी दिदै खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित, उत्थान तथा समुन्नतिको निमित्त योगदान दिने लक्ष्यका साथ खाद्य वैज्ञानिक तथा खाद्य प्राबिधिक बिच सहकार्य गर्ने बुदां प्रस्तुत गर्नु भयो।
कार्यक्रममा बोल्दै प्रोफेसर बसन्त राईले खाद्य प्राबिधिक तथा बैज्ञानिकहरु एक आपसमा सहकार्य गरेर खेर जाने खाद्य पदार्थको उचित सम्बर्धन गरेर खाद्य र पोषण सुरक्षामा टेवा पुराउनु पर्ने कुरा राख्नुभयो । केन्द्रीय प्रबिधि क्याम्पसका सह-प्राध्यापक बबिता अधिकारीले समुहगत भएर काम गर्दा आवाज ठुलो हुने र तेस्को प्रतिफल पनि राम्रो हुने कुरा गर्नु भयो । नारायणी च्याप्टरका अध्यक्ष तथा बरिस्ठ खाद्य अनुसन्धान अधिकृत बिजय खनालले नेफोस्टालाई माया ढंगले समय सापक्षय बनाउदै लानुपर्ने कुरामा जोड दिनुभो । नार्कका कार्यालय प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा. रोमन कार्कीले एकआपसमा सहकार्य गरेर इनोभेटिभ काम गर्नुपर्ने र सरकारले विध्यमान नीतिलाई परिमार्जन गरेर बाँझो रहेको खेतमा कृषि कार्यलाई प्रोत्साहन गर्नुपर्ने कुरा राख्नुभयो ।
खाद्य वैज्ञानिक तथा खाद्य प्राबिधिकहरु बिच सहकार्य गर्न सकिने बिभिन्न विकल्पहरु पहल्याएर कार्यक्रमको निचोड प्रस्तुत गर्दै समापन गरिएको उक्त कार्यक्रम पश्चात नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (NEFOSTA)को पुर्बांन्चल च्याप्टर गठन गर्ने उद्धेश्यले सोही सभाहलमा उक्त संस्थाको साधारणसभा आयोजना गरिएको थियो। केन्द्रीय प्रबिधि क्याम्पसका उप-प्राध्यापक ओम प्रकाश पन्त निर्वाचन समिति सभापति रहेको समितिले साधारण सभाको सर्वसम्मतिमा एवं NEFOSTA केन्द्रीय समितिको रोहवरमा तपशिलका नेफोस्टा पुर्बांन्चल च्याप्टरका पदाधिकारीहरु चयन गरेको छ।
अध्यक्ष : लक्ष्मण श्रेष्ठ
सचीव : कविन्द्र भट्टराई
कोषाध्यक्ष : संगेन रुमा राई
सदस्य : अनन्त पौड्याल
सदस्य : तेज कार्की
सदस्य : दिनेश सुबेदी
सदस्य : सौरभ कोइराला
NEFOSTA का निर्वाचित अध्यक्ष लक्ष्मण श्रेष्ठ लामो समयदेखि खाद्य उद्योग खाद्य प्राविधिक भइ सेवा प्रदान गर्दै आउनुभएको छ ।निर्बाचित अध्यक्षले पुर्बान्चलमा रहेका सम्पूर्ण खाद्य प्राबिधिकहरुलाई समेटेर खाद्य स्वक्ष्, खाद्य तथा पोषण सुरक्षा र खाद्य प्राबिधिकहरुको समस्टिगत बिकाशमा अघि लाग्ने विचार ब्यक्त गर्नुभयो । सम्पूर्ण नवगठित समितिलाई केन्द्रीय प्रबिधि क्याम्पस र केन्द्रीय समीतिद्वारा खादा र टिका लगाइ जिम्मेवारी हस्तान्तरण गरियो।
Discussion about this post