Khabar Samachar

भरतपुर महानगरसहित ४ उपमहानगरपालिकामा माओवादीको दाबी

209
VIEWS

 

नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धनभित्र १ महानगरपालिका र ४ वटा उपमहानगरपालिकाका लागि दाबी गरेको छ।

 

माओवादीले चितवनको भरतपुर महानगरपालिकामा आफ्नो नेतृत्व हुनुपर्ने भन्दै दाबी राखेको छ। भरतपुरको नेतृत्वमा सहमति हुन नसक्दा सत्तारुढ गठबन्धनभित्र तिव्र विवाद चुलिएको छ।

बैठकमा सहभागी एक नेताका अनुसार घोराही, हेटौंडा, धरान र जितपुर सिमरा उपमहानगरपालिकाका लागि माओवादीले आफ्नो दाबी प्रस्तुत गरेको हो । संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

आज बसेको सत्तारुढ गठबन्धनका स्थानीय तह निर्वाचन तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादीले भरतपुर महानगरपालिका सहित अन्य ४ वटा उपमहानगरपालिकामा दाबी गरेको हो।

संयन्त्रको बैठक बस्नुअघि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमै बैठक बसेका थिए।

माओवादी नेता वर्षमान पुनले भने आजको बैठकमा दलका नेताहरुले आ–आफ्नो दाबी प्रस्तुत गर्ने र रिपोर्टिङ लगायत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित