Skip to main content

Khabar Samachar

Search
Close this search box.

कारबाहीविरुद्ध मुकुल ढकालले गरे पुनरावेदन निवेदन

204
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीविरुद्ध पुनरावेदन निवेदन दिएका छन्। महामन्त्री ढकालले आइतबार पुनरावेदन समितिलाई आइतबार निवेदन दिएका हुन्।

पुनरावेदन निवेदनमा ढकालले आफूलाई पार्टीका सबै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णय त्रुटिपूर्ण रहेको बताएका छन्।

साथै, उनले पार्टीको अभिलेखबाट हटाई आफूलाई साविककै पदीय हैसियतमा काम गर्ने वातावरण मिलाइदिन उनले निवेदनमा माग गरेका छन्।

‘वास्तवमा म पुनरावेदकले पार्टीको सभापतिबाट भए गरेको गैरकानूनी कार्य र उहाँविरुद्ध राज्यको विभिन्न निकायबाट भइरहेको अनुसन्धान, अदालतमा विचाराधीन दोहोरो पासपोर्ट जस्ता गम्भिर प्रकृतिका तथा आम नागरिक समेतबाट उठेको सहकारी रकम ठगी र दुरूपयोग जस्ता कार्यको विरोध गरेको कारण सभापतिबाट व्यक्तिगत रूपमा मलाई लक्षित गरी पार्टीबाट विभिन्न कारबाहीहरू भइरहेको अवस्था छ भने मलाई पदमुक्त गर्नु समेत यसै विरोधको निरंकुश उपज हो,’ उनले पत्रमा भनेका छन्।

‘पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानून विपरित केन्द्रीय समितिको बैठक बसी ममाथि कारबाही गर्दा सफाइ पेश गर्ने मौका समेत प्रदान नगरेको, निर्णय माग गर्दा निर्णय उपलब्ध समेत नगराइ मलाई पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रिय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी भएको मिति असार २५ को कथित निर्णय त्रुटिपुर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिम साविककै पदिय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाऊँ,’ उनले पुनरावेदनमा भनेका छन्।

गत असार  १४ गते सोधिएको स्पष्टीकरणमा समेत आफूमाथि के-कस्तो विषयको अनुसन्धान भइरहेको हो तथा त्यसवापत के-कस्तो सजाय हुन सक्ने हो लगायतको विषय उल्लेख नगरिएको उनको तर्क छ।

‘सोही त्रुटिपूर्ण स्पष्टीकरणको आधारमा मलाई साउन १९ गते ७ दिन निलम्बन गरिएको थियो,’ ढकालले भनेका छन्।

उनले आफूमाथि विवेचित तथ्य, कानूनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त प्रतिकूल हुने गरी व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिइएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित