नेपाल घुम्न आएकी अमेरिकी महिलालाई अपहरण गरेको आरोपमा प्रहरीले नेपाली एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-४ बस्ने वर्ष ३७ की सरिता लामा रहेकी छन् ।
अमेरिकन राहदानी वाहक७० वर्षीया महिलाआफ्नो साथीहरुसँग मुक्तिनाथ मन्दिर घुम्नका लागि नेपाल आएकी थिइन् । कास्कीको पोखरा लेकसाइडस्थित एक होटलमा बसेकी अमेरिकी महिलालाई लामाले मंगलबार अपहरण गरी बन्धक बनाएकी थिइन् ।
उनले महिलालाई पोखराबाट अपहरण गरी फिरौतीबापत ३ लाख यूरो मागेको भन्दै नेपालस्थित अमेरिकी दुतावासले सूचना दिएको थियो ।दुतावासको सुचनाको आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय कास्कीबाट शुरु गरिएको अनुसन्धान पश्चात् केन्द्रिय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा पीडित महिलाको उद्धार गरिएको हो ।





















Discussion about this post