Skip to main content

Khabar Samachar

Search
Close this search box.

अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ नेपाली काठमाडौं फर्किए

203
VIEWS

अमेरिका सरकारले थप ३७ नेपाली नागरिकलाई डिपोर्ट गरी विशेष विमानमार्फत् नेपाल पठाएको छ। अमेरिकी चार्टर्ड विमान ती नेपालीहरूलाई लिएर आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।सन् २०२५ को जनवरीदेखि राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहोर्याएर पदभार सम्हालेपछि आप्रवासन सम्बन्धी नीतिहरू कडा बनाउँदै लगिएको छ। यसै क्रममा विभिन्न कारणले अमेरिकी आप्रवासन नियम उल्लंघन गर्नेहरूलाई नियन्त्रणमा लिई उनीहरूको मूल देशमा फर्काउने काम तीव्र पारिएको छ।भिसा नबनाई अमेरिका छिर्ने, भिसाको अवधि सकिएपछि पनि बसिरहने वा आपराधिक गतिविधिमा संलग्न देखिएकाहरूलाई प्राथमिकताका साथ देश निकाला गरिँदै आएको छ। यस्तै नीतिअन्तर्गत पछिल्लो समय नेपाली नागरिकहरू पनि डिपोर्ट भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित