विराटनगरस्थित बालसुधार गृहभित्र झडप भएको छ।
बाल बिझ्याइँकर्ताहरुलाई अध्ययन–अध्यापनसमेत गराइने सुधार गृहमा बुधबार दिउँसो साढे १२ बजे झडप सुरु भएको हो।
झडप सुरुभएपछि शिक्षकहरु बाहिर निस्केको र भित्र तनाव कायमै रहेको शिक्षक फुलमाया प्रसाइँले सेतोपाटीलाई जानकारी दिइन्।
‘भित्र अहिले पनि तनाव नै छ’, उनले भनिन् ‘प्रहरी भर्खरै भित्र प्रवेश गरेको छ। अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ।’
सुधार गृहमा झडपका क्रममा बालकहरु र प्रहरीसमेत घाइते भएका छन्।






















Discussion about this post