हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
इसराइलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए।
विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै यो विषय अन्तर्राष्ट्रियस्तरमा पुगेको बताए।
उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि सबैलाई आग्रह गरे।



























Discussion about this post