हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्नो चुनावी घोषणापत्र तयार गरेको छ । चुनावी घोषणापत्रमार्फत उक्त पार्टीले अनिवार्य श्रम र श्रमदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने घोषणा गरेको छ।
पार्टीले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासमार्फत देशलाई आत्मनिर्भर, समृद्ध र स्वाधीन बनाउने लक्ष्यसहित नयाँ राजनीतिक दर्शन “हर्कवाद” समेत प्रस्तुत गरेको छ।
घोषणापत्रमा श्रमलाई सर्वोपरि मूल्यका रूपमा स्थापित गर्दै श्रम बिना उन्नति सम्भव छैन भन्ने मान्यतालाई सामाजिक, शैक्षिक, आर्थिक र राजनीतिक क्षेत्रमा लागू गरिने उल्लेख गरिएको छ। पार्टीका अनुसार अल्छीपन, भ्रष्टाचार, विभेद, गरिबी र परनिर्भरतालाई अन्त्य गर्न अनिवार्य श्रम र श्रमदान नै प्रमुख उपाय हुनेछ।
पार्टीले शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था प्रस्ताव गरेको छ। एक कार्यकाल पाँच वर्षको हुने र एक व्यक्ति दुई पटकभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था घोषणापत्रमा समावेश गरिएको छ। संघीय संसद दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक हुने उल्लेख छ।
































Discussion about this post