काठमाडौं क्षेत्र नम्बर २ मा राप्रपाले महिला उम्मेदवार कुन्तीदेवी पोखरेललाई अघि सारेको छ । राप्रपाको गत महाधिवेशनमा सबैभन्दा धेरै मत पाएर पोखरेल केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् । गत निर्बाचनमा झिनो मत ले पराजित पोखरेल हार का बाबजुत पनि निरन्तर जनताको घर देले पुग्ने एक मात्र नेता हुन। उनि हरेक कार्यक्रम ,जनताका पीरमर्कामा सधै साथ हुने गर्छिन। यो क्षेत्रमा कुन्तीदेवी वडा ९ र ३२ कि लोकप्रिय समाजसेबी र राजनितिकर्मि हुन । पोखरेल राजनीतिका साथै समाजसेवा र व्यवसायमा समेत संलग्न छिन् । महिला सशक्तिकरण, युवा उद्यमशीलता, आत्मनिर्भरतालाइ सामाजिक कार्यमा महिला सशक्तीकरणका लागि उनले विभिन्न जिल्लामा पुगेर सिपमुलक तालिम सञ्चालन गर्दै आएकी छन् । नेपाली पोशाक उद्यमीसमेत रहेकी उनले आफ्नै उद्यमबाट कमाएको रकमले समाजसेवा गर्दै आएकी छन् । तारामण्डल महिला नामक सस्था स्थापना गरेर महिला सशक्तीकरण अभियान मार्फत देशका ४० वटा जिल्लामा पुगेर सीपमुलक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउने काम गरेकी पोखरेलले देशका दुर्गम जिल्लामा पुगेर स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएकी छन् ।त्रिभूवन विश्वविद्यालयबाट दुईवटा विषयमा एम.ए. गरेकी छिन् । समाजशास्त्र र राजनीतिक शास्त्रमा दुई एम.ए गरेकी उनले पाटन क्याम्पसबाट बीबीएस उर्तीण गरेकी छिन् ।
व्यवस्थापन र मानविकी संकायका विषयमा अध्ययन गरेकी उनी हाल नेपाली तयारी पोषाक उत्पादन गर्दै कुशल उद्यमी बन्न पाइला चाल्दैछिन भने समाजसेवा र राजनीति क्षेत्र उनको अर्को परिचय हो ।
पोखरेलले विगत १२ बर्षदेखि समाजसेवाको क्षेत्रमा हात हालेकी थिइन् । सडकमा रहेका अनाथ बालवालिकाको उद्धार गरेर अनाथ आश्रममा आश्रय दिने, उनीहरुलाई पढनका लागि स्कूल भर्नाको व्यवस्था गर्ने, निःशूल्क कापी कलम किनिदिने लगायतका कामबाट उनले सामाजसेवा सुरु गरेकी थिइन् । त्यसपछि साहारा नपाएका जेष्ठनागरिक, सन्तान नभएर बेसाहारा भएका बुद्धबृद्धालाई स्याहार सुसार गर्न अभियान सञ्चालन गरेकी थिइन् ।
उनले कोरोना महामारीका बेला रोजगारी गुमाएकाहरुलाई आफ्नै खर्चमा खाद्यान्न वितरण गरेकी थिइन् भने घरमै बसेर आयआर्जन गर्न सकिने स्वारोजगार तालिम पनि दिएकी थिइन् । यस्तै बिरामीहरुलाई रगतको अभाव नहोस् भनेर उनले बेला बेलामा रक्तदान कार्यक्रमसमेत आयोजना गर्दै आएकी छिन् ।
युवालाई अवसर दिने होइन त ?? भन्दै नेपालको दूरगामी हित ,सुशासन,सामाजिक रूपान्तरण,आर्थिक रूपान्तरण र विकासको नयाँ मोडल स्थापना हो । मेरो उमेद्द्वारी परिवर्तनको आवाज हो, युवा उद्यमशीलताको खुड्किलो हो। महिला सशक्तिकरण, युवा उद्यमशीलता, आत्मनिर्भरतालाइ सामाजिक कार्य मार्फत नजिक बाट नियाल्दै आएको बताउछिन् । यस पटक नेतृत्व तहमानै पुगेर यी सबै कुरालाइ सम्बोधन गर्ने मेरो प्रतिबद्दता छ। अग्रज राजनीतिक नेतृत्वले सिकेका र आर्जन गरेका अनुभव र विज्ञता युवामा हस्तान्तरण गरी दिगो आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणका लागि बेलैमा सकारात्मक उत्प्रेरणासहितको पहल गर्ने , मैले आजसम्म एक पैसा भष्टाचार गरेकी छैन / गर्ने पनि छैन । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने नैतिकता सिरमा बोकेर संसदीय राजनीतिक मैदानमा उत्रिएको हुनाले आफ्नो जित सहज भएको बताउछिन ।
बालबालिकाहरु लाई निशुल्क शिक्षा र स्वाथ्य सेवा प्रदान, स्थानिय तहमा हुने संस्थागत भस्टाचार रोक्ने, जेस्थ नागरिकहरुलाई घरमै निशुल्क स्वाथ्य सेवा प्रदान, महिला स्वारोजगार, टोलटोलमा पुस्तकालय स्थापना समाजसेवामा आफूलाई समर्पित गरेकी पोखरेल युवाहरुलाई आयआर्जनको बाटो देखाउने र महिलाहरुलाई स्वावलम्बी बनाउने अभियानमा विगतदेखि आजसम्म निरन्तर क्रियाशील रहेकी छिन् ।
बेरोजगार रहेका यूवाहरुलाई निःशूल्क रुपमा मोबाइल मर्मत तालिम, स्कूटर, मोटरसाइकल मर्मत तालिम, कुक, वेटर तालिम लगायतका विभिन्न तालिम दिँदै आएकी छिन् । नेपालबाट यूवाहरुलाई विदेश पलायन हुनबाट रोक्न र स्वदेशमै केही गरेर आत्मनिर्भर बनाउनका लागि उनले यस्ता अभियान सञ्चालन गर्दै आएकी छिन् ।
उनी भन्छिन्–‘कोही पनि बेरोजगार हुनु नपरोस, युवाहरुलाई विदेश जाने अवस्था नआयोस भन्ने मेरो चाहना छ । सरकारले यूवालाई रोजगारी दिने व्यवस्था गर्नुपर्ने हो तर गर्न सकेको छैन । मैले व्यक्तिगत तबरमा जति सकिन्छ त्यति युवाहरुलाई बेला बेला सीपमुलक तालिम दिँदै आएकी छु । भोली संसदमा पुगे भने मैले मुख्य रुपमा यूवा स्वरोजगार बनाउने, महिलाहरुलाई कुनै सीप दिएर उनीहरुलाई आत्मनिर्भर बनाउने बाटोमा त्रियाशील हुनेछु ।’
झन्डै १० बर्षअघि तारामण्डल महिला सशक्तिकरण अभियान स्थापना गरेर उनले समाजसेवाको बाटोमा अघि बढेकी हुन । कुनै विदेशी दातृ निकायको १ रुपैयाँपनि सहयोग नलिई आफ्नै उद्यमबाट भएको मुनाफाको रकम र सहयोग गर्न चाहने स्वदेशी दाताहरुको सहयोगमा उनले यूवा र महिलालाई अगाडि बढाउने खालका काम गर्दै आएकी छिन् ।
जुत्ता बनाउने, साबुन बनाउने, फुरनदाना, आचार बनाउने, बाँस र निगालो पर्याप्त पाइने ठाउँमा डोको बुन्ने तालिम, ठाउँ र परिवेश आनुसार तथा युवा र महिलाहरुको माग अनुसारका तालिम कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् । महिलाहरुले हातले बनाउन सक्ने हरेक प्रकार सामन उत्पादन गर्न प्रेरित गर्ने र त्यसको बजार व्यवस्थापनका लागि पनि सहयोग गर्दै आएकी छिन् ।
उनले ‘पार्टीगत नभनी दुई/दुईपटक सांसद्, मन्त्री भइसकेका बुबा, आमा समानको पुस्तालाई बिदा गरेर युवा पुस्ता ल्याउन जरुरी रहेको बताइन् । पोखरेलले ‘अहिले विद्यालयहरु बेरोजगार युवा उत्पादन गर्ने फ्याक्ट्री भएका छन्, बेरोजगार युवा उत्पादन गर्ने बाहिर पठाउने, रेमिट्यान्सले देश चलाउने नेताहरुको बानी भइसक्यो,’ भनिन् । शिक्षालाई सीपमूलक तथा प्राविधिक तालिमसंग जोडिने । एआई मैत्री सीप र संस्कृती अनुकूल शिक्षा प्रणाली
विकासका लागि संघीय र स्थानीय तहसँग सहकार्य गरिने । काठमाडौं क्षेत्र नं. २ अन्तर्गत कागेश्वरी मनोहरा क्षेत्रमा कृषि, सिँचाइ, खानेपानी, बाटो, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यका समस्याहरू समाधान गर्न आवश्यक समन्वय, पहल र प्रभावकारी भूमिका निर्वाह गर्न आफु तयार रहेको उनि बताउछिन। चुनावी घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ ।राजसंस्था पुनर्स्थापना, सर्व धर्म समभाव सहितको वैदिक सनातन हिन्दुराष्ट्र कायम, प्रदेश खारेज र नेपाललाई औद्योगिकीकरणको युगमा अघि बढाउनु आजको आवश्यकता रहेको उनि बताउछिन राष्ट्रको स्थिरता र समृद्धिका लागि हाम्रो अठोट अटल छ। कुनै जनजाति नेता आजसम्म लोकतान्त्रिक नेपालको प्रधानमन्त्री भएको छैन, सायद नेतृत्व बिकास पनि हुन नसकेर पनि होला। सन्तोषको कुरा अहिले जनजाति समूहबाट पनि ठूलै दलको नेतृत्व गरिरहका नेता पनि देखिएका छन्। नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुन जनजाति समुदायबाट को सबैभन्दा उत्तम नेता हुन सक्ला उनको भनाइ रहेको छ।
उनि आफ्नो नजरमा एक पटक नेपालको प्रधानमन्त्री बनाउन अहिले देखा परेका मध्ये सबै जातजाति, धर्म, नयॉ पूराना पुस्ता सबैलाई मिलाउन सक्ने शालिन स्वभावका, क्षमतावान, धैर्यवान, शिक्षित, कुनै दाग नलागेका, मृदुभाषी, मिलनसार राजनीतिक ब्यक्तित्व जनजाति समुदायबाट लिम्बूका छोरा राप्रपाका अध्यक्ष राजेन्द्र लिग्देंन देखेको बताउछिन । जनजातिका तर्फबाट राष्ट्रको उच्च नेतृत्व लिन सक्षम नेता प्रधानमन्त्री बने यो सबै नेपालीको चित्त बुझ्ने खुशीको कुरा हुने थियो भन्ने मलाई लाग्छ। यसका लागि योग्य भएर मात्र पुग्दैन, नेतृत्व गर्ने ब्यक्ति स्वयं जनताको कसी चुनावमा खरो उत्रिनै पर्ने उनको भनाइ रहेको छ।
आगामी आमनिर्वाचनमा पनि आफूले सबैभन्दा धेरै मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने पोख्रेलले दावी गरेकी छन् । उनी भन्छिन्, ‘अहिले जनतामा परिवर्तनको चाहना आएको छ । उनीहरु पुराना र भ्रष्ट पार्टीहरुबाट आजित छन् । यतिबेला जनता सक्षम नेतृत्वको खोजीमा छन् ।
त्यसको एजेन्डा मैले उठाएकोले जनतामा आएको यो परिवर्तनको लहर नै मैले जित्ने मूख्य आधार हो, पोखरेलले स्पष्ट पारिन् । ‘देशको राजनैतिक दुरावस्था र व्याप्त भ्रष्टाचार, बेथिति, माफियातन्त्र, गरिबी, बेरोजगारी लगायत आमसमस्या देखेपछि समाधानको पहलका लागि आफ्नो उम्मेदवारी रहेकाले जनतालाई मत दिएर त्यो अवसर दिन आग्रह गरेकी छन् ।
‘हामी देशमा परिवर्तन र सुशासन खोजिरहेका छौं तर नेतृत्व चयन गर्ने बेलामा पटक–पटक चुकेका छौं, समय गतिशील छ तर हामी पुरानै नेतृत्वको भर परेर पटक–पटक ठगिएका हौं’, पोख्रेलले सुझाइन् । अगाडि भन्छिन्, ‘नेपालको फोहोरी राजनीति सफा गर्न भ्रष्टाचारविरुद्धको अभियान लिएर युवा जोस जाँगरसहित आगामी निर्वाचनमा मेरो उम्मेदवारी रहेको हो ।’ सामाजिक सञ्जाल, सञ्चारमाध्य र व्यक्तिगत भेटघाटको क्रममा पोख्रेलले जनतासमक्ष यस्तो बताएकी हुन्
हिजो हाम्रा आमा –हजुरआमाको पुस्ता शिक्षा लिने अवसरबाटै वञ्चित हुनुपर्यो, किनकि त्यो समयमा छोरी पढाउन हुन्न, यदि महिला शिक्षित भए भने आफ्नो श्रीमान्को कुरा मान्दैनन्, श्रीमान्भन्दा बाठा हुन्छन् भन्ने मान्यता थियो रे !! त्यसैले त्यही मानसिकताले काम गर्यो ।फलस्वरूप हाम्रा आमा–हजुरआमाहरूको पुस्ताका कयौँ महिलाहरू शिक्षा लिने अधिकारबाट वञ्चित हुनपर्यो । तर, अहिले छोरीलाई शिक्षाको हकमा त्यति धेरै विभेद नभए पनि रोजगारी, सामाजिक, राजनीतिक क्षेत्रमा अझै पनि विभेद कायमै छ । राजनीतिमा महिला आउनका लागि कसरी मार्गप्रशस्त गर्न सकिन्छ भन्नेमा हाम्रो पुस्ताले समाधानमुखी भएर सोच्न जरुरी छ । परिवर्तन रातारात आउँदैन परिवर्तनका लागि अथक् प्रयास र मिहिनेत आवश्यक छ । त्यो अथक् मिहिनेत यो देशले हाम्रै पुस्ताबाट खोजेको बताइन् ।
उनले देशका उद्योग धन्दा कलकारखा बन्द भएकोप्रति आक्रोश पोख्दै आफू कपडा व्यवसायी भएकाले कपडा तयार गर्न सियोदेखि बटन, धागोसम्म सबै बाहिरबाट ल्याउनुपर्ने अनुभव रहेको सुनाइन् । उनले ‘यहाँ उद्योगकै कुरा गर्दा पनि सरकारले लगानीकर्तालाई ५० प्रतिशत अनुदान दिएर उद्योग खोलिदिने हो भने ती युवाहरुले स्वदेशमै रोजगारी पाउने बताइन् ।
देशमै व्यवसाय गर्न खोज्ने युवाहरुलाई सरकारले उचित वातावरण नदिएर विदेसिन वाध्य पारेको पोखरेलको आरोप छ । साथै उनले भ्रष्ट राजनीतिलाई सुद्धिकरण गर्न, युवा विदेश पलायन रोक्न साथै राष्ट्र, राष्ट्रियता, धर्म र राजासहितको प्रजातन्त्रलाई स्थापित गर्नका आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारिन् ।
बि पि कोईरालाको सिद्दान्त नितिलाई आदर्श मान्ने पोखरेल आज काग्रेसले बि पि को सिद्दान्त बिर्सदै गएको बताउछिन । देश र प्रजातान्त्र जोगाउन राजा र राजनितीक दल मिलेर जानुको बिकल्प नरहेको बताउछिन् । हिन्दु राष्ट्र र राजसस्था आजको आवस्यकता रहेको हुनाले जनताको माग पनि रहेको हुनाले आफ्नो पार्टिले सोहि एजेन्डा बोकेर चुनाबमा होमिएको बताउछिन । काग्रेसले बि पि को सिद्दान्त, गणेशमान सिहँ र कॢणप्रसाद् भट्टराइको त्याग र तपश्या बिर्सदै गएको हुनाले यस निर्वाचनमा अधिकाश काग्रेसका शुभ चिन्तकहरुले पनि रा प्र पा मा भोट हाल्ने बताउछिन ।
ब्यबस्था परिबर्तका नाममा लामो समयसम्म सत्ता कब्जा गरेर लामो समयसम्म सत्तामा बस्ने उदेश्य पुरा हुन नदिनका लागि पनि जनताले रा प्र पा लाई मत दिनुपर्छ । ब्यबस्था परिबर्तका नाममा हिजो मारिएका हजारौ जनताको आशुको सराप लाग्ने सहिदहरुको आशुले पोल्ने बताउछिन । त्यसको लागि यस क्षेत्रका नागरिकको साथ, सहयोग र समर्थन आवश्यक रहेको पनि बताइन् । काठमाडौं २ मा विगत लामो समयदेखि आयातित टुरिष्ट नेताले चुनाव जितेका कारण विकास निर्माण ओझेलमा परेको बताएकी छन् ।
पोखरेलले काठमाडौं २ बाट तत्कालीन एमाले महासचिव माधव नेपालले चुनाव जितेर प्रधानमन्त्री भए, नेतृ विद्या भण्डारीले चुनाव जितिन् र त्यसैको आधारमा पछि दुई/दुई पटक राष्ट्रपति भइन् भन्दै तर आफू चुनाव जितेको क्षेत्रमा कुनै ध्यान नदिएको बताइन् । पोखरेलले भनेकी छन्, ‘यी दुवै नेताले पदमा पुगिसकेपछि यो ठाउँको विकास निर्माण र जनताको अवस्था के छ ? भनेर बुझ्न एक पटक पनि आएनन् । अर्का माओवादी नेता झक्कुप्रसाद सुवेदीले चुनाव जितेपछि पलयान नै भए । गत निर्बाचनमा बिजेता रास्ट्रीय स्वातन्त्र पार्टीकी सोबिता गौतमले यो पटक चितवन रोजेकी छन् । उनलाई त्यस क्षेत्रमा कसले भोट दियो ? भनेर थाहा छ न त ती भोटरलाई नै हामीले कसलाई भोट दियौं ? भनेर थाहा छ । त्यसकारण काठमाडौं २ का मतदाताले अब स्थानीय युवा नेतालाई छान्नुपर्ने बेला आएको छ ।’
यस पालिको निर्बाचनमा स्थानिय बासिहरु पनि तयारिमा छन्। टुरिस्ट र निर्बाचन क्षेत्र छाडेर जाने पाटीका उमेद्वार देखि दिक्क भएका मतदाताहरु पनि स्थानिय उमेद्वार लाई नै भोट दिने बताउछन। ” निर्बाचनमा मा मात्र आउने र कार्यकर्ता लाई भोट नदिने, नाता लगाउदै आउने उमेद्वार लाई मत नदिने” भन्छिन स्थानिंय थाली निवासी रमा पुडासैनी । ” युवा ,पढेलेखेका, दिर्घकालिन भिजन,योजना भएका लाई मात्र मत” दिने भन्छन युबा पुस्ताका कोटेश्वोर निवासी सार्थक लामिछाने।































Discussion about this post