Khabar Samachar

Search
Close this search box.

आज काठमाडौँ उपत्यकामा पनि मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना

203
VIEWS

आज (मंगलबार) काठमाडौँ उपत्यकामा पनि मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वनुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसोतिर काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना देखिएको हो।

‘दिउँसो उपत्यकामा पनि बादल बढ्दै गएर मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना देखिएको छ’, उनले नेपालखबरसँग भने।

मौसमविद् अधिकारीका अनुसार आज बिहानै काठमाडौँ उपत्यकामा छिटपुट पानी परेको थियो। तर अहिले रोकिएको छ।

‘अहिले उपत्यकाको आकाशमा आंशिक बादल लागेको छ तर यो पानी पार्ने खालको होइन’, उनले भने, ‘तर दिउँसो आउने बादलले मेघगर्जनसहित पानी पार्ने सम्भावना छ।’

अहिले काठमाडौँमा हुस्सु पनि लागिरहेको छ। ‘भिजिबिलिटी १५०० मिटर मात्र छ’, मौसमविद् अधिकारीले मंगलबार बिहान ८:४५ बजेतिर भने, ‘यसले हवाई उडानमा आंशिक समस्या सिर्जना गर्न सक्छ।’

उनका अनुसार हुस्सु भने बिस्तारै हट्दै जानेछ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज काठमाडौँसहित देशका अन्य स्थानमा पनि वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित