Khabar Samachar

Search
Close this search box.

हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न एमालेको तयारि

202
VIEWS

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने चुनावका लागि हरेक बुथमा कम्तिमा ३० जना सदस्य रहने गरी भोलेन्टियर फोर्स गठन गर्न निर्देशन दिएका छन्।

सोमबार दमकमा पार्टीनिकट भोलेन्टियर फोर्सको कोशी कमाण्ड घोषणा गर्दै अध्यक्ष ओलीले चुनावमा प्रत्येक बुथमा कम्तिमा ३० जना भोलेन्टियर फोर्स गठन गर्न पार्टीका सबै कमिटीहरूलाई निर्देशन दिएका हुन्।

‘अहिले चुनावको बेला अब दसौं दिनमा छ। यतिबेला म देशभरिको हाम्रो पार्टीलाई भन्न चाहन्छु। गाउँ गाउँमा टोल टोलमा सुरक्षा समिति बनाउनुस्। चुनावका लागि पार्टी कमिटीलाई निर्देशन- हरेक बुथमा कमसेकम ३० जना भोलेन्टियर एउटा बुथमा निर्माण गर्नुस्,’ उनले भने।

अध्यक्ष ओलीले भोलेन्टियर फोर्सले शान्ति सुरक्षामा खासगरी प्रहरीलाई सहयोग गर्ने बताए।

‘प्रहरीमाथि हमला हुन दिँदैन, प्रहरीलाई सहयोग गर्छ, प्रहरीमाथि हमला हुन दिँदैन, कार्यालय जलाउन दिँदैन, बर्दी खोस्न दिँदैन, आक्रमण गर्न दिँदैन,’ उनले भने, ‘प्रहरी अब एक्लै छैन। उसको साथमा नेसनल भोलेन्टियर फोर्स छ।’

उनले एमालेले शान्तिपूर्ण चुनाव चाहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित