Skip to main content

Khabar Samachar

Search
Close this search box.

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

211
VIEWS

धनगढी उपमहानगरपालिका को मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेले बाजी मारेको छ ।

आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हमालले नेपाली कांग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गरेका हुन् । वड निवर्तमान मेयर पनि हुन् ।

अघिल्लो पटक हमाललाई नै हराउँदै मेयर बनेका उनी यसपटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्दा समेत स्वतन्त्र उम्मेदवार हमालसँग भारी मतले हारेका हुन् ।

विजयी हमालले २६ हजार ८६५ मत पाए । उनीसँग हारेका कांग्रेसका वडले १४ हजार ८१७ र एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाए ।

धनगढी नेपाली कांग्रेसको बलियो पकड रहेको क्षेत्र हो । यहाँका बहुमत वडामा नेपाली कांग्रेस विजयी भएको छ । तर, मेयरमा भने गठबन्धन हुँदा पनि पराजित हुनु परेपछि कांग्रेसीजनमा निराशा छाएको छ ।

उपमेयरमा पनि गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै एमालेकी कन्दकला राना विजयी भएकी हुन् ।

उपमेयरमा गठबन्धनको विरोध गर्दै नेपाली कांग्रेसका नेता प्रभाकर भण्डारीले बागी उम्मेदवारी दिएका थिए । त्यसको फाइदा एमालेले लिँदा माओवादी केन्द्रकी अधिकारी हार्न पुगिन् ।

विजयी रानाले १५ हजार ४७९ मत पाइन् । उनीसँग हारेकी माओवादीकी अधिकारीले १२ हजार ६७० मत पाइन् । बागी उठेका भण्डारीले ६ हजार ६०९ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित