Skip to main content

Khabar Samachar

Search
Close this search box.

जनता समाजवादी पार्टी (जसपा) का नेता राजेशमान सिंह वीरगञ्ज महानगरपालिकाको मेयर निर्वाचित

207
VIEWS

जनता समाजवादी पार्टी (जसपा) का नेता राजेशमान सिंह वीरगञ्ज महानगरपालिकाको मेयर निर्वाचित भएका छन्। उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिएराजेशमानले ४६ हजार दुई सय १५ मतसहित मेयर जितेका हुन्। यहाँ नेकपा एमाले-लोसपा गठबन्धनका साझा उम्मेदवार निवर्तमान मेयर विजयकुमार सरावगी पराजित भएका छन्। उनले जम्मा २३ हजार छ सय ७१ मतमात्रै ल्याएका छन्। राजेशमाले सरावगीलाई २२ हजार पाँच सय ४४ मतले हराएका हुन्।

उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसका नेता इम्तियाज आलम विजयी भए। उनले ३० हजार ७८ मत ल्याएका छन्।

उपमेयरमा एमाले-लोसपा गठबन्धन उम्मेदवार लोसपा नेता पुरूषोत्तम लाल झाले नौ हजार पाँच सय ६८ मत ल्याएर पराजित भएका छन्।

०७४ मा सरावगी जसपाबाट मेयर निर्वाचित भएका थिए। उनी जसपा छाडेर एमालेमा प्रवेश गर्दै यसपालि पनि मेयर उम्मेदवार भएका थिए।

०७४ मा राजेशमान सरावगीसँग मेयरमा पराजित भएका थिए। अहिले उनै सरावगीलाई राजेशमानले हराएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित