Skip to main content

Khabar Samachar

Search
Close this search box.

उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न सिफारिस

223
VIEWS

न्यायपरिषदले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ । योग्यता नै नपुगी नियुक्ति लिएको ठहर गर्दै परिषदले उनलाई पदबाट हटाउन सिफारिस गरेको मानबहादुर कार्कीले बताए ।

न्यायपरिषदले जिल्लादेखि उच्च अदालतको मुख्य न्यायाधीश नियुक्ती, सरुवा, बढुवा र बर्खास्तसम्मको सिफारिस गर्नसक्छ ।परिषदको सिफारिस प्रधानन्यायाधीशले कार्यान्वयन गरेपछि लागू हुन्छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथि महाभियोग लागेका कारण यो सिफारिस कामू प्रधानन्यायधीश दिपककुमार कार्कीले कार्यान्वयन गर्नेछन् । उनी उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा कार्यरत थिइन् । उनी पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित