Skip to main content

Khabar Samachar

Search
Close this search box.

नक्सा विपरीतका संरचना हटाउन ३५ दिनको हदम्याद

215
VIEWS

ललितपुर महानगरपालिकाले पनि नक्सा विपरीतका संरचना हटाउन ३५ दिनको हदम्यादसहितको सूचना जारी गरेको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नक्सा स्वीकृत नगरी मापदण्ड विपरीत बनाइएका संरचनाहरु,सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरेर निर्माण गरिएका स्लोप, टप, र्‍याम्प, सिँढी लगायतका संरचना ३५ दिनभित्र हटाइसक्ने निर्देशन दिएको छ ।

सूचनाअनुसार नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु पनि खाली गरेर तोकिएको प्रयोजनामा लगाउन भनिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना सुधार्न वा हटाउन ३५ दिनको समय दिइएको छ ।

सम्बन्धिकत घरधनीले नहटाएमा महानगर आफैंले कानुन अनुसार संरचना हटाउने महानगरपालिकाले जनाएको छ ।‘उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरे/नगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका सरंचना हटाउने व्यहाोरा जानकारीका लागि सूचित गरिएको छ,’ सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित