नेपाल र तिब्बतको बोर्डरमा केन्द्र बनाएर बुधबार दिउँसो भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।
सिन्धुपाल्चोकस्थित चीनको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
यसको केन्द्र सिन्धुपाल्चोकको तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा रहेको उनले जानकारी दिए। भूकम्पको धक्का काठमाडौंसहितका आसपासका ठाउँमा महसुस भएको थियो । काठमाडौं उपत्यकामा त धक्का थाहा पाउनेहरु घर बाहिर नै निस्केका थिए ।





















Discussion about this post