Khabar Samachar

क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट

200
VIEWS

क्यानडा ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको छ।

आइतबार भएको उत्तर अमेरिका छनोटमा जमैकालाई ४-० गोलले पराजित गर्दै क्यानडाले यही वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा स्थान पक्का गरेको हो।

क्यानडाले पछिल्लो पटक सन् १९८६ को विश्वकप खेलेको थियो। ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा क्यानडाका लागि बुचानन, लारिन, होइलेट र मरिआप्पाले गोल गरेका थिए।

छनोटमा अन्तिम खेलअघि क्यानडाको २८ अंक भएको छ। २५-२५ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहेका अमेरिका र मेक्सिकोको पनि छनोट हुने सम्भावना बाँकी छ।यो क्षेत्रको छनोटबाट तीन टिम सिधैं विश्वकपमा पुग्नेछन् भने चौथो टिमले अन्तरमहासदेशीय प्लेअफ खेल्न पाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित