Khabar Samachar

रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

207
VIEWS

काठमाडौं– बुधबार राति आएको पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार मध्याह्नदेखि सडकखण्ड सञ्चालनमा आएको हो।

इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो।  बुधबार राति ११:१५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२बजेबाट सञ्चालनमा आएको हो।

नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११:५० बजे पन्छाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित