Skip to main content

Khabar Samachar

Search
Close this search box.

काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

204
VIEWS

काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो ।

बसमा सवार कति थिए भन्ने यकिन नभएको पाण्डेको भनाइ छ । दुर्घटनाको कारण पनि खुलेको छैन ।

घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको प्रजिअ पाण्डेले बताइन् ।

यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले दुर्घटनाका घाइतेहरुलाईरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोत साधन आवश्यक पर्ने भए मन्त्रालयमा लेखी पठाउन समेत गृहमन्त्रीले निर्देशन दिएको उनका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित