Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्री देउवा बनारसमा, आदित्यनाथले गरे स्वागत

216
VIEWS

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् । आइतबार बिहान विशेष विमानबाट प्रधानमन्त्री देउवा बनारस पुगेका हुन् । प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गुलाबको फूल दिएर स्वागत गरेका थिए । बनारसमा देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् । साथै प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजा अर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले बनरसमा रहेका धार्मिक स्थानहरूको भ्रमण गर्ने र त्यहाँ रहेका मन्दिरमा पुजाआजा गर्ने कार्यक्रम छ। देउवा आइतबार नै बनरासबाट नेपाल फर्कनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित