Khabar Samachar

पाकिस्तानमा इमरान खानविरूद्धको अविश्वास प्रस्ताव खारेज

212
VIEWS

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव संसदका उपसभामुखले खारेज गरिदिएका छन्।

आइतबार बसेको नेसनल एसेम्ब्लीको बैठकमा उपसभामुख कासिम खान सुरीले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भन्दै खारेज गरिदिएको द डनले उल्लेख गरेको छ।अविश्वास प्रस्ताव राखेज भएसँगै संसद बैठक पनि स्थगित गरिएको छ।

३४२ सदस्यीय संसदमा बहुमतका लागि १७२ सिट आवश्यक हुन्छ। सत्तारूढ गठबन्धनका केही दल र उनकै पार्टीका सांसदहरूले साथ नदिने भएपछि खान अल्पमतमा परेको बताइन्छ।अप्रिल २५ सम्म नेसनल एसेम्ब्लीको बैठक स्थगित गरिएको छ। आजको बैठकमा प्रधानमन्त्री खान उपस्थित थिएनन्।

यसैबीच प्रधानमन्त्री खानले संसद भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।

पिटिभीका अनुसार आजै खानले संसद विघटन गर्न राष्ट्रपतिलाई लिखित सिफारिस गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित