प्रदेश १ सरकार को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  बुधबार बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो ।एमाले विभाजन भएपछि मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएपनि सोही प्रयोजनका लागि बैठक बोलाइएको हो ।

सो आधारमा आगामी असोज २२ गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पठाउनुपर्ने छ । यस आधारमा असोज २४ सम्ममा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रदेशसभामा नेकपा एमालेको ५१ सांसदसहित बहुमत रहेकोमा १० जना सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।

संविधानअनुसार सत्तारुढ दल विभाजन भएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।  प्रदेशसभा सभामा भदौ २५ गते शुक्रबार संसदीय दल विभाजन भएको जानकारीसहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा दुई दिनअघि नै संसद सचिवालयलाई जानकारी दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय