Khabar Samachar

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला

206
VIEWS

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई बिहीबार रौतहट जिल्ला अदालतले जन्मकैद (२० वर्ष) को फैसला गरेको हो ।१७ वर्षअघि आफैले बनाउन लगाएको बम बिष्फोट भएपछि घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।रौतहटको राजपुर बम काण्डमा आलम पुर्पक्षका लागि थुनामा रहँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित