Khabar Samachar

प्राधिकरणको कारण चक्रपथ विस्तारमा कुनै समस्या छैन : कुलमान घिसिङ

202
VIEWS

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ विस्तारमा समस्या नरहेको स्पष्ट पारेका छन्।बिहीबार दोस्रो चरणको चक्रपथ बिस्तार अन्तर्गत कलङ्की–बसुन्धारा सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सङसँगै अनुगमन एवं निरीक्षणका लागि त्यहाँ पुगेका उनले कलङ्की–बसुन्धारा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ती पोलहरू १५ दिन भित्रमा हटाइसक्ने बताए ।

उनले भने, ‘अब यो रिङरोड बिस्तारको कलङ्की चाबहिलसम्मको बिस्तारमा हामीले पोल सार्ने काम सकिसकेका छौँ । एक, दुई स्थानमा रोडको लेभल मिलाउनुपर्ने भएकाले १५ वटा जति पोल सार्न बाँकी रहेछ, १५ दिन जति लाग्छ । विद्युत् प्राधिकरणको पोलको कारणले कुनै पनि ठाउँमा चक्रपथ बिस्तारको लागि समस्या छैन ।’

त्यस्तै  काठमाडौँ चक्रपथ सुधार योजनाकी योजना प्रमुख सजना अधिकारीले चक्रपथ बिस्तारको कलङ्कीदेखि वसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा सुरु हुन लागेको बताइन् । उनले जसअन्तर्गत रहेका करिब तीन सय बिजुलीका पोलहरू हटाइसकेको र अब २२ वटा पोलहरू मात्रै रहेकाले सडक बिस्तारका लागि कुनै समस्या नभएको जानकारी दिइन् । उनले सडक छेउमा रहेका १९ वटा मन्दिरहरूमा गोङ्गबुमा रहेको मन्दिर बाहेक अन्य सबै मन्दिरहरू स्थानान्तरण गरिसकेको पनि बताइन् । उनले दोस्रो चरणमा चक्रपथ बिस्तार कलङ्कीदेखि बसुन्धारासम्म मात्रै रहेको बताए ।

उनले भने, ‘चक्रपथ विस्तारको कलङ्कीदेखि वसुन्धरासम्म ८.२ किलोमिटर दोस्रो चरणमा सुरु हुँदैछ । यस अन्तर्गत हाम्रा दुई, तीन सय वटा बिजुलीका पोलहरू थिए, अब २२ वटा जति पोलहरू हटाउन बाँकी छ, त्यो पनि प्रोसेसमा छ, १५ दिन भित्र भत्काउने भन्नुभएको छ । १९ वटा मन्दिरहरू थिए, ती पनि सबै भत्काइएका छन् । रुख, चौतारोहरू पनि हटाइसकेका छौँ । कलङ्कीदेखि स्युचाटारसम्मको २२ वटा बिजुलीका पोलहरू सार्नुपर्नेछ । दोस्रो चरण भनेको कलङ्कीदेखि बसुन्धारासम्मको हो । महाराजगञ्ज तेस्रो चरणको हो ।’

दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत आज बिहान मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह लगायतले सडक अनुगमन एवं निरीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित