Khabar Samachar

नयाँ राजनीतिक यात्रा सुरु भयो – प्रचण्ड

205
VIEWS

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन्। आज बालुवाटारमा बसेको आठ दलको बैठकमा उनले नयाँ राजनीतिक यात्रा सुरु भएको बताए ।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले आठ दलको सहमतिपछि प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरु भएको बताएको उल्लेख गरे।

‘संसदको ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णयका क्रममा प्रधानमन्त्रीले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको घोषणा गर्नुभयो’ ज्वालाले बैठकपछि भने, ‘अब जनजीविकाका मुद्दामा पनि हामी एक भएर अघि बढ्नेछौँ।’

प्रधानमन्त्रीको यो घोषणासँगै गत पुस १० गते एमालेसहित बनेको सातदलीय गठबन्धन दुई महिनामै टुटेको छ।

राष्ट्रपतिका विषयमा साझा सहमति जुटाउन शुक्रबार ८ दल एकै ठाउँ भेला भएका हुन्।

छलफलमा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष सहितका नेताहरु सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित