Khabar Samachar

आठ दलको बैठकमा एलिजा गौतम

209
VIEWS

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।

नेकपा एमालेलाई छाड्दै प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले गत शुक्रबार नेपाली कांग्रेससहितको नयाँ गठबन्धन बनाएका छन्।

शुक्रबार नै बालुवाटारमा बसेको गठबन्धन बैठकमा उनले एमालेले सत्ता छाड्ने बताउँदै अब कांग्रेससहितका दलहरु सत्तामा आउनुपर्ने बताएका थिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् । यसैगरी आठ दलबाट प्रस्तावित राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति छ । माओवादीका शक्ति बस्नेत, देव गुरुङ लगायतका नेताहरु छन् ।नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ र नेतृ एलिजा गौतम सहभागी छन् । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा केही दिनअघि सो पार्टी प्रवेश गरेकी थिइन् । पार्टीको केन्द्रीय समितिमा उनलाई रञ्जिताले शीर्ष तहकै बैठकमा लगेकी हुन् । रञ्जिता र एलिजा सँगै बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित