Skip to main content

Khabar Samachar

Search
Close this search box.

मनोहरा आयोजना क्षेत्र भित्रका घर, टहरा ७ दिनभित्र हटाउन निर्देशन

205
VIEWS

मनोहरा जग्गा एकीकरण आयोजना टेकुले आयोजना क्षेत्रभित्र रहेका घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीभित्र परेका पर्खाल हटाउन समय दिएको छ।

आयोजनाले आज गोरखापत्रमा सूचना जारी गर्दै ७ दिनभित्र यस्ता संरचना हटाउन निर्देशन दिएको हो।

‘अन्यथा आयोजनाबाटै हटाउँदा लागेको खर्च कानूनबमोजिन असुरउपर गरिने जानकारी गराइन्छ,’ आयोजनाले भनेको छ।

आयोजना क्षेत्रभित्र स्वीकृत डिपिआरअनुसार सडक खोलेर स्वीकृत नक्साबमोजिम आयोजनाबाट विकसित घडेरीहरू सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिँदै आइएको पनि आयोजनाले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित