Khabar Samachar

महानगर प्रहरी प्रमुखमाथी आक्रमण गरेको आरोपमा २ जना पक्राउ

207
VIEWS

काठमाडौं महानगरपालिकका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ नेपाल प्रहरीले सुनसरीबाट नारायण परिश्रमिक र काठमाडौंको शंखमुलबाट हुकुमबहादुर लामालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।

काठमाडौं महानगरले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुरुलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ ।

१२ मंसिरमा थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गर्न जाँदा महानगर प्रहरी पाण्डेमाथि बस्तीका स्थानीयले आक्रमण गरेका थिए । सोही आक्रमणमा पाण्डे सहित ३६ जना नगर प्रहरी घाइते भएको महानगरले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित