Khabar Samachar

राष्ट्रपतिमा मत माग्दै रास्वपा कार्यालय पुगे रामचन्द्र पौडेल

203
VIEWS

राष्ट्रपति पदका उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेल आफूलाई मत माग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय पुगेका छन्।

उनी कांग्रेस नेताहरू प्रकाशशरण महत, रमेश लेखकलगायतलाई लिएर रास्वपा कार्यालय बसुन्धरा पुगेका हुन्।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पार्टी सभापति रवि लामिछाने, संसदीय दलका नेता तथा पार्टी उपसभापति डीपी अर्याल र पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार सहभागी छन्।

यसअघि बिहीबार राष्ट्रपतिका अर्का उम्मेदवार एमाले नेता सुवासचन्द्र नेम्वाङ पनि मत माग्दै रास्वपा कार्यालय पुगेका थिए। रास्वपाले पार्टीमा छलफल गर्न बाँकी रहेको भन्दै कुनै निर्णय दिएको थिएन।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। आठदलीय गठबन्धनका तर्फबाट पौडेले र एमालेका तर्फबाट नेम्वाङ उम्मेदवार छन्। रास्वपा र राप्रपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित