Khabar Samachar

पिएनजीलाई ५० रनले हराउँदै नेपाल त्रिकोणात्मक टी-२० शृंखलाको च्याम्पियन

72
SHARES
239
VIEWS

सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो ।त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य पीएनजीले १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११८ रन बनायो । ​ पीएनजीका लागि लागि सेसे बाउले अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले १ चौका र ६ छक्का प्रहार गर्दै ५९ रन बनाए ।यसअघि नेपालले तेस्रो ओभरको पाँचौँ बलमा पहिलो सफलता हात पार्यो । पीएनजीका लेगा सिकालाई करण केसीले ८ रनमा क्याच आउट गराए । त्यसपछि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले पाँचौँ ओभरको तेस्रो र चौथो बलमा लगातार दुई सफलता दिलाए ।तेस्रो बलमा दीपेन्द्रले असाड भाललाई ८ रनमा एलबीडब्लू आउट गराए । चौथो बलमा टोनी उरालाई खाता नखोल्दै क्याच आउट गराए । ​पीएनजीले १२औँ ओभरको तेस्रो र चौथो बलमा आफ्नो दुई विकेट गुमायो । नेपालका कप्तान सन्दीप लामिछानेले उरिले हेकुरेलाई ६ रन र नोरमान भानुवानलाई खाता खोल्न नपाउँदै क्याच आउट गराए । त्यस्तै नेपालका लागि करण केसीले १६ औँ ओभरको दोस्रो र अन्तिम बलमा दुई विकेट लिए । १७औँ ओभरको पहिलो बलमा रन आउट हुँदा नेपालले उपाधि जित्यो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रनको मध्यम योगफल तयार पारेको थियो।पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ४.४ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए। ओपनर कुशल २५ आशिफ २९ रनमा क्याच आउट हुँदै पवेलियन फर्के।

११ औँ ओभरमा लगातार ३ विकेट गुमेपछि दबाबमा आएको थियो। टोलीका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरी र आदिल अन्सारीले छैटौँ विकेटका लागि ३२ रनको साझेदारी गर्दै इनिङस् उकासेका थिए।

आदिलले १५ रन थपे। आदिलले १३ बलमा १ चौका र १ छक्का हाने।

सातौँ विकेटका लागि ऐरी र करण केसीले ५४ रनको रनको साझेदारी गरे। ऐरी ५४ र केसी ३३ रनमा नटआउट रहे। ऐरीले टि २० आई क्रिकेटमा पाँचौ अर्धशतक पुरा गरे।

ऐरीले ३८ बलमा ५ चौका हाने। ऐरीले १२ बलमा १ छक्का हाने। रोहित पौडेल २ तथा आरिफ शेख र दिलिप नाथ शुन्य रनमा आउट भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित