Khabar Samachar

राष्ट्रपतिमा मत माग्दै रामचन्द्र पौडेल राप्रपाको कार्यालयमा

205
VIEWS

राष्ट्रपतिको निर्वाचनमा आफूलाई मत माग्न नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसँग भेट गरेका छन् ।

भेटवार्तामा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नेता दीपक बोहरालगायत नेताहरु सहभागी थिए।

राप्रपाले हालसम्म राष्ट्रपतिमा कसैलाई पनि मतदान गर्ने निर्णय गरेको छैन।

२४५० मतभार रहेको राप्रपाले फागुन २४ गते कार्यसञ्चालन समितिको बैठक बोलाएको छ। त्यही बैठकले निर्णय गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।

नेकपा एमाले–माओवादी केन्द्र गठबन्धनमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको राप्रपा सो गठबन्धन भत्किएर नेपाली कांग्रेस–माओवादी गठबन्धन बनसँगै सरकारबाट बाहिरिएको थियो।

२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ। कांग्रेस नेता पौडेल र एमाले नेता सुवास नेम्वाङ उम्मेदवार छन्। पौडेललाई ९ दलको समर्थन छ भने नेम्वाङलाई अहिलेसम्म एमाले एक्लैको साथ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित